Logo

लमजुङमा जीप दुर्घटना हुँदा नौ जना घाइते



लमजुङ, २७ साउन । लमजुङको राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

राइनास नगरपालिका-१० प्यारजुङबाट सुन्दरबजार नगरपालिका-९ भोटेओडार आउँदै गरेको ग १ ज ६३६९ नम्बरको यात्रुवाहक जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिए ।

प्रहरी निरीक्षक रेग्मीका अनुसार घाइतेमध्येका चालक सुन्दरबजार नगरपालिका-९ भोटेओडारका ३० वर्षे पुरन गुरुङलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।

त्यस्तै अन्य घाइतेहरुलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारका लागि स्थानीय भोटेओडार अस्पतालमा लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्