Logo

ललितपुरबाट १८ हजार बढी मतले तोसिमा कार्की निर्वाचित



पाटन, ८ मङ्सिर । ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की डाक्टर तोसिमा कार्की विजयी भएकी छन् ।

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार एक सय ६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुन् । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्