Logo

ललितपुर महानगर प्रमुखमा पुन: महर्जन विजयी



काठमाडौँ, ११ जेष्ठ । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । नगर उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्य विजयी भएकी हुन् ।

प्रमुखमा निर्वाचित महर्जनले ४२ हजार ७२२ मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाएका छन् ।

त्यस्तै नगर उपप्रमुखमा शाक्य २५ हजार ८५ मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्