काठमाडौँ, २० असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाए पनि सरकारले अदालतमा नपठाएको बताए ।
सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे। उनले जिल्लाका प्रहरी अधिकारीहरुले जनताको समस्याका बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरहेको पनि बताए ।







