Logo

ललित राजवंशी घाइते, एसियाली खेलकुदमा सहभागिता अनिश्चित



काठमाडौँ, ४ असोज । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका स्पिनर घाइते भएका छन् ।

१९ औँ एसियाली खेलकुदकाे तयारीअन्तर्गत बुधवार त्रिवि क्रिकेट मैदानमा अभ्यासका क्रममा ललित घाइते भएका हुन् ।

घाइते भएका ललितकाे बिहीवार शल्यक्रिया गर्न लागिएकाे नेपाल क्रिकेट (सङ्घ) क्यानले जनाएकाे छ । ललित घाइते भएपछि एसियाली खेलकुदमा उनकाे सहभागिता अनिश्चित भएकाे छ ।

१९ औँ एसियाली खेलकुद प्रतियाेगिता अर्का हप्तादेखि चीनमा शुरु हुँदैछ ।  एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्