Logo

लागुऔषधसहित एक पक्राउ



वीरगञ्ज, १२ चैत । बाराबाट प्रहरीले दुई हजार ९९० थान प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको पर्सा गाउँपालिका–२ सङ्ग्रामपुर बस्ने वर्ष २० को मिथिलेशकुमार मण्डल रहेका छन् ।

सर्लाहीबाट काठमाडौँ जाँदै गरेको ना७ख २६८१ नंको सुपर राजेश डिलक्स यात्रुबाहक बस रोकी जाँच गर्दा उक्त बसको पछाडि डिकीमा लुकाइ ल्याएको डाइजेपाम ९९७ थान, फेनारगन एक हजार थान र नुर्फिन ९८६ थान बरामद गरिएको थियो ।

पक्राउ परेका मङ्गललाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्