काठमाडौँ, २८ जेठ । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा विकास भगतलाई पक्राउ गर्ने क्रममा आज सिनामंगलमा गोली चलाएको छ ।
ब्यूरोको टोलीले लागु औषध ओसार पसारमा संलग्नको आशंकामा प्रहरीले भगतलाई पक्राउ गर्न खाजेको थियो । तर, भगतले प्रहरीमाथि आक्रमण गरे पछि जवाफी फायरिङ गरिएको प्रहरीले जनाएको छ । घाइते भएका विकासको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीले भगतबाट १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ ।







