झापा, २९ मंसिर । इलाका प्रहरी कार्यालय दमकले अटो सिक्सामा लुकाइछिपिइ राखिएको ५१ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले
प्रहरीले बिहिवार साँझ ६ बजे पशुहाटबाट बेलडागी जादैँ गरेको को १ ह ९७४५ नं. को अटो चेकजाँचको क्रममा डिक्कीमा लुकाइ राखेको ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रहरीले दमक १ का अटो चालक प्रकाश श्रेष्ठ, सोही वडामा अर्जुन लिम्बु र उनकी श्रीमती मनिषा लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।







