काठमाडौँ, १२ असोज । आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागु भएको छ ।
निर्वाचन आयोगले गएराति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु गरेको हो ।
गएराति १२ बजेबाट लागु भएको आचारसंहिता निर्वाचन सम्पन्न नहुँदासम्म लागु हुने आयोगले जनाएको छ ।







