Logo

लाज पचेको सकारले शिक्षकहरूलाई अपमानित गरिरहेको छ : प्रचण्ड



काठमाडौँ, १३ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षकहरूको माग बेवास्ता गर्दै उनीहरूलाई अपमानित गरिरहेको आरोप लगाउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण कार्यक्रममा उनले सरकारले शिक्षकमाथि गरिरहेको व्यवहार लाजमर्दो रहेको टिप्पणी गर्नुभयो।

उहाले भन्नुभयो, ‘लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर सरकार लागेको छ । शिक्षकहरूसँग भएका सहमतिअनुसार ऐन तुरुन्त ल्याउनुपर्छ। छोटो बाटोबाट समाधान खोज्नुपर्छ।’

प्रचण्डले अदालतले समेत शिक्षकको पक्षमा आदेश दिइसकेको भए पनि सरकारले त्यसलाई कार्यान्वयन गर्न उदासीन देखिएको बताउनुभयो। साथै उहाले शिक्षालाई सामान्य अवस्थामा फर्काउन सरकार गम्भीर नभएको आरोपसमेत लगाएउनुभयो । शिक्षकहरू विद्यालय फर्काउने वातावरण बनाउन सरकारले पहल गर्नुपर्ने विषयमा प्रचण्डले जोड दिनुभयो ।

उहाले संसद्, सडक र अन्य राजनीतिक मोर्चाबाट देशको विषम परिस्थिति हल गर्न आफूहरू तयार रहेको स्पष्ट पार्दै शिक्षकहरूको माग सम्बोधनका लागि दबाब सिर्जना गरिने चेतावनीसमेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्