Logo

‘लाभरोभ अस्पताल भर्ना भएका समाचार गलत हुन्’



रुस, २८ कात्तिक । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले रुसी विदेश मन्त्री सर्गेई लाभरोभ बालीको अस्पतालमा भर्ना भएको खबरको खण्डन गरेका छन् ।

यसअघि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जी-२० सम्मेलनमा भाग लिन इन्डोनेसियाको बाली पुगेका रुसी विदेश मन्त्रीलाई एक अस्पतालमा लगिएको बताएका थिए । तर रुसले यसको खण्डन गरेको हो ।

प्रवक्ता मारिया जाखारोभाले भनेकी छन् ‘लाभरोभ र म इन्डोनेसियामा समाचार पढ्दैछौँ र समाचार पढ्दा अचम्मित भएका छौँ । समाचारहरू झुटको उच्चतमस्तरमा पुगेका छन् ।’

उनले सर्गेई लाभरोभले टेबलमा बसेर कुरा गरेको भिडियो पोस्ट गरेका छन् । राष्ट्रपति पुटिन सहभागी नहुने घोषणा गरेपछि विदेशमन्त्री लाभरोभले जी-२० सम्मेलनमा रुसको प्रतिनिधित्व गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्