Logo

लामिछानेको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय उजुरी



काठमाडौँ, २१ चैत । चितवन क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । लामिछानेविरुद्ध युवराज पौडेल (सफल)ले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि व्यतित नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको उजुरीमा उल्लेख छन् । तर, रवि लामिछानेले माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनर्प्राप्ति गरेको र सो अघि उनले निस्सा बुझाएको नदेखिएकाले देखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरिएको छ ।

उजुरीमा लामिछानेको उम्मेदवारी बदर गरी उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गर्न माग गरिएको छ । सोमबार लामिछानेले चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्