Logo

लामो समयपछि शेयर बजार आज बढ्यो



काठमाडौँ, १३ चैत । लामो समयपछि शेयर बजार सोमवार बढेको छ ।

दिनभरको उतारचढावपछि शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ७० अङ्कले बढेर एक हजार नौ सय छ विन्दुमा पुगेको हो ।

आज लघुवित्त समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर बढेको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजार दिउँसो साढे २ बजेदेखि बढ्न थालेको थियो ।

आज बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय ६१ वटा कम्पनीका ४३ लाख आठ हजार कित्ता शेयर एक अर्ब ३८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस्