Logo

लायन्स क्लब अफ धाइजन चारआलीको अध्यक्षमा अधिकारी



मेचीनगर, १८ जेठ । लायन्स क्लब अफ धाइजन चारआलीको अध्यक्षमा मोहन अधिकारी चयन भएका छन् ।

संस्थाको तेस्रो साधरणसभाले अधिकारीलाई सन् २०२२/२३ का लागि अध्यक्षमा चयन गरेको हो ।

त्यस्तै समितीको प्रथम उपाध्यक्ष जगन्नाथ भट्टराई, द्वितिय उपाध्यक्षमा टीका रिजाल र तृतीय उपाध्यक्षमा सुमन चिमरिया चयन भएका छन् ।

त्यसैगरी सचिवमा दिपेन्द्र निरौला र कोषाध्यक्षमा संगीत शिवाकोटीलाई चयन गरिएको छ ।

लायन्स क्लब अफ धाइजन चारआली २०२१/२२ का अध्यक्ष धनबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हरि घिमिरे, चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा, क्लबका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन लायन टीका रिजालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्