Logo

लायन्स क्लब अफ धाइजन चारआलीद्वारा एकल महिलालाई सहयोग



मेचीनगर, २३ असार । लायन्स क्लब अफ धाइजन चारआलीले एकल महिला झरुमाया धिमाललाई  खाद्यान्नसहितको राहत वितरण गरेको छ ।

वर्ष २०२३/२४ का अध्यक्ष जगन्नाथ भट्टराईसहित गएको टोलिले ‘Hunger relief program’ अन्तर्गत मेचीनगर नगरपालिका वडा नं.१२ नयाँवस्ती निवासी धिमाललाई आज खाद्यान्न सहयोग गरेको हो ।

उक्त अवसरमा मेचीनगर-१२ का वडाध्यक्ष मधुसुदन निरौला, लायन्स क्लब अफ धाइजन चारआलीका संस्थापक अध्यक्ष हरि घिमिरे, पूर्व अध्यक्ष धनबहादुर तामाङ्ग, कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष भट्टराईले लायन्स क्लब अफ धाइजन चारआलीको नेतृत्व लिएपछिको यो पहिलो कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्