Logo

लाल-भागिरथा बानियाँ प्रतिष्ठानले गर्यो ‘मेमोरी किङ’ शर्मासहित तीन प्रतिभालाई सम्मान



मेचीनगर, १७ माघ । लाल-भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले ‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन जनालाई सम्मान गरेको छ ।

मेचीनगर-११ स्थित जालपा सामुदायिक भवनमा आयोजना गरिएको चौथो बार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व शर्मा, मेचीनगर-१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर-११ की असल गृहिणी दुर्गादेवी काफ्लेलाई जनही ३१ हजार रुपैयाँसहित कदर पत्रद्वारा सम्मान गरिएको छ ।

सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत चार वर्षदेखि यस्तो सम्मान गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।

लाल-भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, सम्मानित व्यक्ति ‘मेमोरी किङ’ शर्मा, समाजसेवी शिव पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठानका सदस्य मोहन काजीले कार्यक्रमको औचित्य माथि प्रकाश परेका थिए भने स्वागत उपाध्यक्ष मनोज बानियाँले गरेको कार्यक्रमको सञ्चालन सचिव डम्बरबहादुर देउजाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्