अमेरिका, ३१ साउन । लियोनल मेस्सीको कप्तानीमा अमेरिकी क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा पुगेको छ ।
पहिलो सेमिफाइनलमा फिलाडेल्फिया युनियनलाई ४-१ गोलले हराउँदै मियामी उपाधि नजिक पुगेको हो ।
मियामीका लागि जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान एक-एक गोल गरेका थिए भने युनियनका आलेहान्द्रो बेडोयाले एक गोल फर्काएका हुन् ।
अब मियामीले फाइनलमा नाशभिल र मोन्टरेबीच हुने खेलको विजेतासँग खेल्नेछ । फाइनल खेल शनिवार हुनेछ ।