Logo

अध्यक्ष लिङ्देन भन्छन्: झापा क्षेत्र नं.३ बाटै उठ्छु



 

झापा, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू झापा क्षेत्र नं.३ बाटै उठ्ने बताएका छन् ।

आज बिर्तामोडमा पत्रकारहरुसँग भेटघाट गर्दै लिङ्देनले फेरि पनि आफू त्यही क्षेत्रबाट उठ्ने बताएका हुन् । उनले पत्रकारहरुसंग कुरा गर्दै भने ,‘ ३ नं क्षेत्र छोडेर कहाँ जान्छु र? मेरा देवी देवता त्यही छन् ।’

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रसंग गठबन्धन गरेर चुनाव जितेका सांसद लिङ्देनले यस पटक पनि गठबन्धन गरेर निर्वाचनमा जाने संकेत दिएका छन् ।

‘जित्नको लागि चुनाव लड्ने हो ’ एमालेसंग गठबन्धन गर्ने संकेत गर्दै उनले भने ,‘त्यसको लागि गठबन्धन आबश्यक छ ।’ उनले चुनावमा गठबन्धन बनाउनु स्वाभाविक र प्राकृतिक कुरा भएको दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्