Logo

लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्दै



बेलायत, २० भदौ । लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्ने भएकी छन् ।

कन्जरभेटिभ पार्टीका लागि भएको चुनावको मतपरिणाम अनुसार ट्रसले ऋषि सुनकलाई हराएकी हुन् ।

अब ट्रसले मङ्गलवार महारानी एलिजाबेथ द्वितीयसँग नयाँ सरकार गठनको निम्तोका लागि भेट गर्ने बीबीसीले जनाएको छ ।

मतपरिणामअनुसार लिज ट्रसले ८० हजार तीन सय २६ र ऋषि सुनकले ६० हजार तीन सय ९९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्