Logo

लिटल एन्जल्स् स्कुलका विद्यार्थीले निकाले सचेतनामुलक र्‍याली




मेचीनगर, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा मेचीनगरको चारआलीस्थित लिटल एन्जल्स् स्कुलका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले स्वतस्फूर्त सचेतनामुलक र्‍याली निकालेका छन् ।

प्रदूषण घटाऔँ, वातावरण जोगाउँ, एक व्यक्ति बराबर एक रुख, हाम्रो वातावरण हाम्रो कर्तव्य लगायतका पम्प्लेट लिएर फोहोरमैलाको व्यवस्थापन र रुखको संरक्षण गरौँ जस्ता नारा लाउँदै आइतबार र्‍याली निकालेका हुन् ।

विद्यालयबाट निमको वृक्ष रोपेर आरम्भ भएको र्‍याली चारआली सर्पदंश हुँदै, पुरानो चारआली बजार, चारआली नयाँबजार परिक्रमा गरी धार्मिक स्थल पाउ पाथिभरामा पुगेको थियो । विद्यार्थीहरुले बाटाभरीका फोहोर सरसरफाइ गर्दै पाउ पाथिभरा परिसर सरसफाई गरेका थिए ।

शिक्षक केशवराज दाहाल र सन्दिप गौतमको नेतृत्वमा भएको र्याली कार्यक्रमले विद्यार्थीमा नयाँ जोस् र उर्जा भरेको छ ।

प्रतिक्रिया दिनुहोस्