Logo

लिथुएनियाले नाकाबन्दी लगाएपछि रुसको कडा प्रतिक्रिया



रुस, ८ असार । सामान ढुवानीमा लिथुएनियाले नाकाबन्दी लगाएपछि रुसले कडा प्रतिक्रिया जनाएको छ । लिथुएनियाले कलिनिनग्राडमा रेलबाट निश्चित वस्तुहरू लैजान प्रतिबन्ध लगाएको छ ।

कलिनिनग्राड रणनीतिक रूपमा महत्त्वपूर्ण रुसी भू-भाग हो । वरिष्ठ रुसी सुरक्षा अधिकारी निकोलाइ पाट्रुसेफले लिथुएनियाले शत्रुतापूर्ण व्यवहार गरेको र यो गम्भीर विषय रहेको बताएका छन् । साथै उनले निकट भविष्यमा उपयुक्त कदम चाल्ने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ ।

यो नाकाबन्दी पश्चिमा देशको उक्साहटबाट भएको रुसको आरोप छ । तर लिथुएनियाले रुसले यूक्रेनमाथि गरेको आक्रमणपछि यूरोपेली सङ्घले लगाएको प्रतिबन्धको पालना मात्रै गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्