Logo

लिबियामा झडपमा परी २३ जनाको मृत्यु



लिबिया, १२ भदौ । लिबियामा राजनीतिक विवाद फेरि चुलिएको छ । विवादले हिंसाको रुप लिएको छ ।

पछिल्लो पटक राजधानी त्रिपोलीमा झडपमा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा कयौँ मानिस घाइते भएको त्रिपोलीका स्वास्थ्यमन्त्रीले बताएका छन् ।

लिबियामा सन् २०११ मा कर्नेल मुअम्मर गद्धाफीको अन्त्यसँगै केही समय राजनीतिक अस्थिरता भए पनि पछिल्ला वर्षहरुमा देश शान्त थियो । तर, पछिल्लो समय अन्तर्राष्ट्रिय मान्यता पाएको सरकारको सुरक्षा बल र स्वघोषित सरकारका सुरक्षा बलबीच झडपका घटना हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्