Logo

लिबियामा डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता



file photo
file photo

लिबिया, २९ फागुन । लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले जनाएको छ ।

लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै उद्धारको प्रयास गरिएपछि १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको तटरक्षक बलले जनाएको छ ।

“आप्रवासीहरूको स्थानान्तरणको क्रममा डुङ्गा डुबेको र १७ व्यक्तिहरूलाई (कार्गो) पोतद्वारा उद्धार गरिएको थियो भने करिब ३० आप्रवासीहरू हराइरहेका छन्,” तटरक्षकले बताएका छन् ।

इटालीको दक्षिणी तट क्यालाब्रियामा भएको पानीजहाज दुर्घटनामा परी कम्तीमा ७६ आप्रवासीको मृत्यु भएको ठीक दुई हप्तापछि भूमध्यसागरमा पछिल्लो विपत्ति आएको हो ।

प्रतिक्रिया दिनुहोस्