लिबिया, १ पुस । लिबियामा पानीजहाज दुर्घटना हुँदा ६१ जना डुबेर हराएका छन् भने २५ जनाको उद्धार गरिएको छ ।
८६ जना आप्रवासी बोकेर लिबियाको तटीय सहर जुवाराबाट छुटेको जहाज समुद्रमा डुब्दा ६१ जना हराइरहेका संयुक्त राष्ट्रसङ्घीय निकाय अन्तर्राष्ट्रिय प्रवासन सङ्गठन (आईओएम) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भूमध्य सागर हुँदै अफ्रिकाबाट युरोप जाने आप्रवासीका लागि लिबिया मुख्य केन्द्र हो । आईओएमका अनुसार यो बाटोबाट युरोप जाने क्रममा दुई हजार दुई सय जनाभन्दा धेरै मानिसले डुबेर ज्यान गुमाइसकेका छन् ।







