उदयपुर, १ जेष्ठ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मेजरकुमार राई विजयी भएका छन् ।
राईले दुई हजार ५१ मत प्राप्त गरेर विजयी हासिल गरे । उनका प्रतिस्पर्धी एमालेका राजकुमार राईले १५ सय ८९ मत ल्याएका छन् ।
त्यस्तै लिम्चुङबुङको उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राई एक हजार नौ सय ३३ मतसहित विजयी भएका छन् ।