Logo

लीलादेवी गड्तौला पहिलो महिला मुख्यसचिव

प्रधानमन्त्री ओलीको बधाई



काठमाडौं, १० साउन । लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त हुनुभएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । गड्तौला यसअघि कायममुकायम मुख्यसचिवको रूपमा कार्यरत हुनुहुन्थो ।

गड्तौला नेपालको निजामती सेवाको इतिहासमा उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बन्नुभएको छ ।

तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिइएको थियो।

गड्तौला ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानुहुनेछ ।

प्रधानमन्त्री ओलीको बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई दिनुभएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । सामाजिक सञ्जालमा लेख्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलो पटक महिलालाई ! आजको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा लीलादेवि गड्तौलालाई नियुक्त गरेको छ । नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई !!’

 

प्रतिक्रिया दिनुहोस्