Logo

ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त



चीन, २७ फागुन । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् ।

ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिन फिङले १४ औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन् ।

नयाँ प्रधानमन्त्री नियुक्तिको घोषणा आइतवार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्