बुटवल, २ माघ । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती मगर निर्विरोध निर्वाचित भएका छन् ।
सभामुख पदको मनोनयनको समय सीमाभित्र घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
गएको मङ्सिर ४ गतेको चुनावमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका घर्ती पाल्पा-२ (ख) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका थिए ।
यस्तै प्रदेशको उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ । सत्तारूढ दलको गठबन्धनका तर्फबाट उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ ।
यस्तै कांग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी चौधरीको मनोनयन दर्ता भएको छ ।







