Logo

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा



लुम्बिनी, २२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् ।

बिहीबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

उनले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर नागरिक उन्मुक्ति पार्टी विभाजित भएपछि विश्वासको मत नलिई राजीनामा घोषणा गरेका हुन् ।

लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)का जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन चार दलबीच सहमति भएको छ । माओवादी, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र एक स्वतन्त्र सांसदबीच सहमति भएको हो ।

प्रतिक्रिया दिनुहोस्