Logo

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस



बुटवल, २७ पुस । लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् ।

लुम्बिनी प्रदेशमा सरकारको नतृत्वका लागि सत्ताारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय पुगेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकारमा दाबी प्रस्तुत गरिएको एमाले प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिए ।

गिरीलाई एमालेका २९, नेकपा (माओवादी केन्द्र)का १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समावादी पार्टीका तीन, स्वतन्त्र दुई, जनमत पार्टीका तीन र लोकतान्त्रिक समाजवादी पार्टीका तीन गरी ५८ प्रदेशसभा सदस्यको समर्थन रहेको उनले बताए ।

प्रदेश प्रमुख अमिक शेरचनले आज अपराह्न ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेपछि एमालेले सत्तारुढ दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्