बुटवल, ११ वैशाख । लुम्बिनीमा प्रदेशका मुख्यमन्त्री लीला गिरीले बुधबार प्रदेशसभामा विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत परेसँगै गिरी नेतृत्वको सरकार ढलेको हो ।
लुम्बिनी प्रदेशमा ८७ जना सांसदमा मुख्यमन्त्रीलाई ४४ सांसदको आवश्यक थियो । तर, उनले बहुमत सांसदको विश्वास पाएनन् । मतदानमा एक सांसद अनुपस्थित भए ।
यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो । सदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ भने गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ । अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार छ।







