Logo

लुम्बिनीमा एमाले संसदीय दलको नेतामा गिरी



रूपन्देही, १७ पुस । नेकपा (एमाले)बाट लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन् ।

लुम्बिनी प्रदेशसभा सहइन्चार्जसमेत रहेका गिरी आइतबार दलको नेतामा सर्सम्मत चयन भएको एमालेका नेता डा.बालकृष्ण चापागाईंले जानकारी दिए ।

गिरी पोलिटब्युरो सदस्यसमेत हुन् । उनी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री थिए । उनी रूपन्देही-२ (१) बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्