Logo

लुम्बिनी प्रदेशका नवनिर्वाचित सांसदहरूको शपथ पुस १६ मा



दाङ, १३ पुस । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण पुस १६ गते स्थायी राजधानी दाङमा हुने भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पुस १६ गते दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण समारोह आयोजना गर्न प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरेको प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।

प्रदेशको पहिलो अधिवेशन पुस १८ गते आह्वान गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्