Logo

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउन बहुमत सदस्यको दाबी पेश



बुटवल, २३ चैत । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत प्राप्त सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री नियुक्तिका लागि बहुमत सदस्य ४४ जनाको हस्ताक्षरसहित पत्र बुझाइएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाउन नयाँ राजनीतिक समीकरणमा सहभागी दल नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका दल नेता जोखबहादुर महरा, जनता समाजवादी पार्टी (जसपा)का दल नेता भण्डारीलाल अहिर, नेकपा (एकीकृत समाजवादी)का दल नेता भगवती अधिकारी, स्वतन्त्र सांसद खड्ग बस्नेतसहित प्रदेश सभा सदस्यहरुको सहभागिता थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछी नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो । एमालेका २९, माओवादीका १०, जसपाका तीन, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्