Logo

लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य



काठमाडौँ, २५ मंसिर ।  लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६८ रनको बलियो स्कोर खडा गरेको छ । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङमा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६८ रनको बलियो स्कोर खडा गरेको हो । पौडेलले अन्तिम ओभरमा आउट हुनुअघि ८० रन बनाए ।

पाचौँ विकेटका लागि कप्तान रोहित पौेडेल र साद विन जफरले १ सय १४ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्स सम्हालेका थिए। लुम्बिनी एक समय ७.५ ओभरमा ४–४९ को अवस्थामा रहेको थियो।

कप्तान पौडेलले बनाएको ८० रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। रोहितले १४.१ ओभरमा ४३ बलमा २ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे।

जफर ३५ बलमा ५३ रन थप्दै रनआउट भए। जफरले ३४ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरे। सन्दीप जोरा ४ रनमा अविजित रहे।

ओपनर अर्जुन साउद सातौँ ओभरको पाचौँ बलमा १५ रन बनाउँदा रन्जित कुमारको बलमा कुशल मल्लको हातबाट क्याच आउट भए।
ओपनर आशुतोष घिरैया दोस्रो ओभरको पहिलो बलमा रिजन ढकालको बलमा बोल्ड आउट भए।

सोही ओभरको तेस्रो बलमा उन्मुक्त चन्द रिजन ढकालको बलमा विकेट किपरको हातबाट आउट हुन पुगे।
टोम मोरिस १० रन बनाउँदै कुशल मल्लको बलमा जान निकोन लफ्टी इटोनको हातबाट क्याचआउट भए।
चितवनका रिजन ढकालले तीन विकेट लिए। कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट आफ्नो नाममा गरे।
सोहेल तनविर एनपीएलको दोस्रो खेलमा विकेट विहिन भएका हुन्। तनविर यसअघि कर्णालीविरुद्धको खेलमा मात्र विकेट विहिन थिए।

मंगलबारको खेलमा लुम्बिनीले अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। वेन कटिङको स्थानमा उन्मुक्त चन्द सुरुवाती ११ मा आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्