बुटवल, २३ कार्तिक । सङ्घीयताको अभ्यास सुरु भएको दोस्रो कार्यकालमै लुम्बिनी प्रदेशले मुख्य मन्त्रीमा नयाँ अनुहार पाउने भएको छ ।
यसअघिको पहिलो कार्यकालमा एमाले नेता शङ्कर पोखरेल र माओवादी नेता कुलप्रसाद केसीले प्रदेश सरकारको नेतृत्व गरेकोमा यी दुवै नेता अहिले मुख्यमन्त्रीको प्रतिस्पर्धाबाट चुनाव अघि नै बाहिरिएका छन् ।
करिब तीन वर्ष एमाले नेता शङ्कर पोखरेल र त्यस पछि माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेकोमा लुम्बिनीको अबको प्रदेशसभामा यी दुवै नेता देखिने छैनन् ।
एमाले नेता पोखरेल प्रतिनिधिसभाको लागि दाङ जिल्लाबाट उम्मेदवार बनेका छन् भने केसीले यस पटक कुनै पनि क्षेत्रबाट टिकट पाएनन् ।







