Logo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले लिए शपथ



बुटवल, २८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

दाङको देउखुरीमा बिहीबार आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री गिरीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मुख्यमन्त्री गिरीले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका छन् । दुवै विना विभागीय मन्त्रीको रूपमा प्रदेश प्रमुखले नै शपथ गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्