Logo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चाैधरीलाई विश्वासकाे मत



लुम्बिनी, १९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले विश्वासकाे मत पाएका छन् ।

आज बसेकाे लुम्बिनी प्रदेश सभाकाे पहिलाे अधिवेशनकाे दशाैँ बैठकबाट मुख्यमन्त्री चाैधरीले विश्वासकाे मत पाएका हुन् ।

चाैधरीले आठ दलका र एक स्वतन्त्र गरी ५३ सांसदकाे मत पाएका छन् भने २९ मत उनकाे विपक्षमा परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार जना सासंद भने तटस्थ रहेका थिए ।

गएकाे वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चाैधरीले पाँच दिनपछि आज विश्वासकाे मत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्