Logo

लुम्बिनी प्रदेशकी राज्यमन्त्री वलीले दिइन् राजीनामा



काठमाडौँ, १५ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले पदबाट राजीनामा दिएकी छन् ।

विवादबाबीच मन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा पत्र बुझाएकी हुन् । राजीनामा स्वीकृतसमेत भइसकेको माओवादी केन्द्रका एक प्रदेश सांसदले जानकारी दिए।

गत जेठ ३१ गते तुलसीपुर उपमहानगरपालिका -५ बसपार्कको लालुमण्डीको पछाडी बस्ने दाङका वाईसीएल नेता एकराज बस्नेतको घरभित्रै पसेर उनकी पत्नी मीना भण्डारी बस्नेत र उनकी छोरीलाई कुटपिट गरेपछि वली विवादमा तानिएकी थिइन् । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमासमेत लिएको थियाे ।

साे घटनाबारे छानबिन गर्न सरकारले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठनसमेत गरेको थियो । हाल छानविन समितिलाई सघाउन नै उनले राजीनामा दिएको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्