बुटवल, २८ माघ । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छन् ।
मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन् ।
गत पुस २८ गते केसीले विना विभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेकी थिइन् ।
मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेको उनको निजी सचिवालले जनाएको छ । नेकपा (माओवादी केन्द्र) का तर्फबाट विनाविभागीय मन्त्री बनेकी केसीको राजीनामा सरकारसँगको असन्तुष्टिका कारण नभएको मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए ।







