Logo

लुम्बिनी प्रदेशमा माओवादीका मन्त्रीले दिए राजीनामा



बुटवल, १२ चैत । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन जना मन्त्रीले आइतवार राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री लीला गिरी रुपन्देहीमा भएकाले मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाएका छन् । लुम्बिनीमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री रहेका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै लीला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । ८७ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्