Logo

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त, दुई सय ८९ जना दीक्षित



लुम्बिनी, १४ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्तका अवसरमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त दुई सय ८९ जना दीक्षित भएका छन् ।

प्रधानमन्त्री ओलीले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरे भने पाँच जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो ।

ललितपुर जन्मिएका ९१ वर्षका गुरुमाले बौद्ध धर्म, दर्शन र शिक्षाको विकासमा दिएको अतुलनीय योगदानप्रति सम्मान गर्दै आजै सम्पन्न १७ औँ विश्वविद्यालयसभाले गुरुमालाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्