Logo

लुयान मिसेस पुर्वान्चल २०२४ आयोजना हुदै



बिराटनगर, ३० भदौ । कोशी प्रदेशलाई लक्षित गर्दै महिला सशक्तिकरणको अवधारणा सहित मिसेस पुर्वान्चल २०२४   (टुगेदर फर वोमेन इम्पावोरमेंट) नामक प्रतियोगिता आयोजना हुने भएको छ।

प्लानेट मल्टिमेडिया इन्टर्नेशनलको आयोजनामा हुन लागेको लुयान मिसेस पुर्वान्चल २०२४ को सम्पूर्ण तयारी सकेर सहभागिताको लागि फारम खुल्ला गरिएको छ। पुर्वान्चलमै एउटा पृथक अनि बृहत रुपमा आयोजना हुन लागेको यस कार्यक्रममा लुयान ईलेक्ट्रिक स्कुटरले मुख्य प्रायोजन गर्ने भएको छ।

महिला सशक्तिकरणको अवधारणामा हुन गईरहेको यस कार्यक्रमको प्रकृति सौदर्य प्रतियोगिता भए पनि यसको अवधारणा अनुसार सहभागी प्रतियोगीहरुलाई दैनिक जिबनमा आवश्यक र उपयोगी बिषयहरुमा प्रशिक्षण गराईने आयोजकले जनाएको छ।

कार्यक्रमको मूल उदेश्य बिवाह पछि आफुमा प्रतिभा र क्षमता भएर पनि बैवाहिक जिबनको कारण आफ्नो प्रतिभा र क्षमतालाई दबाएर घर परिवारको जिम्मेवारीमै सिमित भएर बस्नु परेका महिलाहरुको लागि नया अवसरको रुपमा पनि यस कार्यक्रमलाई प्रस्तुत गर्न लागिएको हो।

यस्तै प्रकृतिका धेरै प्रतियोगिता भन्दा भिन्दै स्वरुप र पृथक ढांचामा तयार गरिएको यस प्रतियोगितामा हाल सम्म कुनै प्रतियोगिताले समाबेश नगरेका बिषयहरु जुन विवाहित महिलाहरुको लागि निकै जरुरि छ। जुन प्रशिक्षणले ति महिलाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन निकै सहयोग गर्ने छ। जुन बिषयहरुमा सम्बन्धित विषयका नै बिज्ञहरुबाट प्रशिक्षण गराइने तयारी आयोजकले गरेको जनाएको छ।

पृथक र भब्य रहेने यस कार्यक्रममा अझ भब्य बनाउने उदेश्यले प्रतियोगिताको बिजेताहरुको लागि पनि निकै आकर्षक पुरस्कारहरुको पनि व्यवस्था आयोजकले गरेको छ। जसमा प्रतियोगिताका बिजयी लाई स्कुटर पुरस्कार राखिएको छ भने अन्य उप बिजेताहरुको लागि पनि निकै आकर्षक पुरस्कार तथा विभिन्न अवसरहरु पनि प्रदान गरिने छ।

लगभग एक महिनाको प्रशिक्षण पछि गरिने फाइनल प्रतियोगितामा निर्णायक तथा सेलिब्रेटी पाहुनाहरुको राम्रो उपस्थिति रहने छ। राजधानी काठमाडौँ देखि आमन्त्रण गर्न लागिएको निर्णायक तथा सेलिब्रेटीहरुको उपस्थितिले कार्यक्रमको भाब्यतामा थप रौनकता बढाउने पनि आयोजकले यस्तो तयारी गरेको पनि जनाएको छ।

कार्यक्रम सरल र सफल बनाउन बिभन्न संघ संस्थाहरुले सहकार्यको लागि कार्यक्रममा आबद्ध भएका छन।

प्रतिक्रिया दिनुहोस्