काठमाडौँ, २७ असोज । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम-लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताएका छन् ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम-लोकतान्त्रिक गठबन्धनको प्रचारप्रसार समितिको नागार्जुन-४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम-लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए ।
मुलुकमा प्राप्त भएका राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिक्रान्तिविरुद्ध निर्माण भएको वाम-लोकतान्त्रिक गठबन्धन प्राकृतिक र स्वभाविक भएको बताउँदै उनले ‘स्वतन्त्र उम्मेदवारी’ लोकतन्त्रविरोधी प्रवृत्ति रहेको बताए ।
अहिलेको व्यवस्थामा दलको विकल्प अर्को दल हुने विचार व्यक्त गर्दै पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने खतरा औँल्याएका छन् ।







