काठमाडौँ, १३ जेष्ठ । काठमाडौँ महानगरपालिकामा मेयर पदमा उम्मेदवार भइ पराजित भएका केशव स्थापितले मेयरमा निर्वाचित भएका बालेन साह र उपमेयर सुनिता डङ्गोललाई बधाई तथा शुभकामना दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू पटक-पटक लडेर पनि फेरि धुलो टकटक्याएर उठेको व्यक्ति भन्दै लोकतान्त्रिक अभ्यासमा हार-जितलाई सामान्य रुपमा लिएको बताएका छन् ।
नागरिकको सेवक भएर काम गर्ने आफ्नो आकाङ्क्षा भए पनि चुनावी परिणामले त्यो सफलता प्राप्त हुन नसकेको उनको भनाइ छ ।