Logo

लोसपाले बनायो एमालेसँग चुनावी तालमेल गर्न समिति



काठमाडौँ, ८ असोज । सत्तारुढ गठबन्धनसँग चुनावी सिट बाँडफाँडमा सहमति नभएपछि बिच्किएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले नेकपा एमालेसहित अन्य दलसँग आगामी चुनावमा तालमेलका लागि समिति गठन गरेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा दलका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको जनाइएको छ ।

समितिका सदस्यमा नेता शरदसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनललाई समावेश गरिएको छ ।

गठबन्धनमा चुनावी तालमेलको प्रयास सफल नभएपछि लोसपाले एमालेसँग सहकार्य गर्ने तयारी थालेको हो । यसअघि पनि एमालेसँग निकैपल्ट छलफल भए पनि तालमेलको प्रयास भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्