Logo

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै



काठमाडौँ, १९ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ ।

उक्त बैठक काठमाडौँको बबरमहलस्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे १२ बजे बस्ने केन्द्रीय सदस्य केशव झाले जानकारी दिए ।

बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृसंगठन निर्माणलगायत एजेन्डाहरूमा छलफल हुने कार्यतालिका छ । शनिबारदेखि बैठक सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्