Logo

वकिलले गरेका प्रतिप्रश्नको जवाफ जबराले दिनुपर्ने



काठमाडौँ, ३१ भदौ । संसदीय महाभियोग सिफारिस समितिले आज पुन: निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ ।

बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठबकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले आज बयानको कामलाई सकाउने तयारी गरेको छ ।

बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्