झापा, २ असोज । बिर्तामोड नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा भदौ २९ गते आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।
स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीु विषयमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका थिए ।
विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै भदौ ३० गते आयोजना गरिएको कक्षा १ देखि ५ र कक्षा ६ देखि ८ सम्मका विद्यार्थी विच आयोजना गरिएको चित्रकला प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । कक्षा १ देखि ५ कक्षासम्मको प्रतियोगितामा दक्षा काफले न्युटन्स एकाडेमी प्रथम, फोक्नाम लिम्बु कन्चन ईंग्लिस बोर्डिङ् स्कुल द्वितीय, श्रुतिका पोखरेल चिल्ड्रेन ई. स्कूल तृतीय, अदिती वराल अनारमनी लिबर्टी र पन्चु हेमरम जनता प्रावि सान्त्वनाभएका छन् ।
यस्तै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको लागि आयोजना गरिएको चित्रकला प्रतियोगितामा चेन्जल राजवंशी न्यूटन्स एकेडेमी प्रथम, भव्या लोहारीवाला सेन्ट जेभियर्स स्कुल द्वितीय, सिरोन शिवाकोटी ग्रिनफिल्ड तृतीय र बिनिता मुर्मु चिल्ड्रेन ईन्भारोमेन्ट सान्त्वना भएका छन् । यी दुवै प्रतियोगिताका विजेता विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।
नगरपालिकाले २०८० सालको आधारभूत तहमा उत्कृष्ट (4GPA) ल्याउने विद्यार्थीलाईसमेत पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा दिप्ति सुवेदी मोहनमाया मा।वि, विनिसा अग्रवाल र चिरायु न्यौपाने बाल्मिकी एकाडेमीका रहेका छन् । उनीहरुले जनहि १० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।
पुरस्कृत हुने विद्यार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी लगायतले खादा लगाएर नगदसहित प्रमाण पत्र प्रदान गर्नु भयो । सोहि कार्यक्रमका विच सेवा निवृत ९ जना शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।