Logo

वडाध्यक्षको निधन



सप्तरी, १४ असोज । सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको आज निधन भएको छ ।

नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिए ।

६५ वर्षका वडाध्यक्ष राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी भएका थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार गरिँदै आएका थिए ।

उनको घरमै हृदयघाटका कारण वडाध्यक्ष रायको निधन भएको शोकमा आज डाक्नेश्वरी नगरपालिकामा शोक बिदा दिइएको छ । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उनी निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्